
नेपाल र भारतको सीमा नाकाबाट दुई जना सुडानी महिला पक्राउ परेका छन् । उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको हो ।
नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई भारतको सीमा चौकी शैलेशपुरबाट खटिएको एसएसबीले पक्राउ गरेको हो ।
एसएसबी बटालियनका कार्यवाहक कमाण्डर रुपेश शर्माको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको भिसा पनि सकिएको थियो । सोधपुछका क्रममा दुवै सुडानी युवतीले आफ्नो नाम सावसान अब्देलहलिम हमेद सालिह र उमेर ४३ वर्ष, तहाने सादेलदीन इल्हाज सालिह र उमेर ५० वर्ष रहेको बताएका छन् ।
उनीहरूलाई आवश्यक अनुसन्धानपछि बिहार प्रहरी भीमनगरलाई बुझाइएको जनाइएको छ ।