०६ साउन २०८३, बुधबार

राप्रपा नेपालले राजसंस्थाबारे पुनर्विचार गर्ने

असार २०, २०८०
काठमाडौं
राप्रपा नेपालले राजसंस्थाबारे पुनर्विचार गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् । आज (बुधवार) पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले देशभरीका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइएको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे।

मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र कार्यकर्ताको नीतिमा पुनर्विचार गरिने बताए ।

कांग्रेस-कम्युनिस्ट प्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रूपमा आएका पार्टीहरू सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुनेसमेत थापाले भविस्यवाणी गरे ।

थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउन केन्द्रित हुन सबै जनवर्गीय संगठनहरुलाई निर्देशन दिए । आगामी दिनमा राप्रपा नेपाललाई एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्