१५ असार २०८३, सोमबार

घोराही सिमेन्टको आईपीओ सुचारु हुने, आवेदन फिर्ता वा थपघटको सुविधा

असार २०, २०८०
काठमाडौं
घोराही सिमेन्टको आईपीओ सुचारु हुने, आवेदन फिर्ता वा थपघटको सुविधा

घोराही सिमेन्ट इन्डस्ट्रीले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) पुनः सुचारु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणाली सी–आस्वामा दर्ता भएका आवेदनमा आवेदकले शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय बुधबार गरेको हो । 

बोर्डले आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने भएको छ । 

उक्त समयभित्र कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय दिन सकिने गरी घोराहीको आईपीओलाई पुनः सुचारू गरेको धितोपत्र बोर्डले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ । 

फर्जी आवेदन परेको भन्दै यसअघि घोराही सिमेन्टको आईपीओ बिक्री प्रक्रिया रोकिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्