२२ असार २०८३, सोमबार

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति, आचार संहिता उल्लंघन भएको ठहर

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति, आचार संहिता उल्लंघन भएको ठहर
photo
काठमाडौं २६ भदौ–
निर्वाचन आचार संहिता विपरित मन्त्रिपरिषद् विस्तार गरिएकोप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनमा असर पर्ने आयोगले बताएको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले भदौ १४ मा आचार संहिता जारी गरेको थियो ।

आयोगले सोमवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद् विस्तार गरिएकोप्रति आपत्ति जनाएको हो । आयोगबाट भदौ १४ गते निर्वाचन आचार संहिता लागू गरी भदौ १५ गते नेपाल सरकारलाई दिइएको ७ बुँदे निर्देशनको पालना नभएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

७ बुँदे निर्देशिकाको १ नम्बर बुँदामा ‘नेपाल सरकारको स्वामित्वमा रहेको वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारलाई कुनै सुविधा हुने पद वा कुनैपनि निकायमा कुनैपनि राजनीतिक नियुक्ती नगर्ने’ उल्लेख गरिएको आयोगले स्मरण गराएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मौजुदा मन्त्रिपरिषद्का राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्री थपेका थिए । कमल थापा नेतृत्वको राप्रपाले पनि मन्त्रिपरिषद् विस्तार आचार संहिता विपरित भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्