
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका भट्टराईविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस मागेका थिए ।
घुस मागेको सूचना एवं उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ल्याब दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा सोही बराबरको बिगो कायम गरी कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहाले जानकारी दिए ।