१९ असार २०८३, शुक्रबार

असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान

असार २२, २०८०
मोरङ
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
फाइल तस्बिर

असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।

‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ  । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरेको र जसको हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने प्रमुख सिंह बताउनुहुन्छ । गत वर्ष मोरङमा ९९ प्रतिशत रोपाइँ भएको सिंहले दाबी गरे।
 
मोरङमा धेरै मात्रामा रन्जीत धान, रामधान, विवी एघार, स्वार्णलगायत धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ । गत वर्ष मोरङमा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । जसमा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्