
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत मागका थिए ।
सोही सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँ घुस/रिसवत रकमसहित नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।