
हृदयघातका कारण नेकपा एकीकृत समाजवादीका पाल्पा अध्यक्ष खिमानन्द पाण्डेयको निधन भएको छ।
बगनासकाली गाउँपालिका–१ पिप्ले निवासी ५२ वर्षीय उनको शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको परिवारजनले जनाएको छ ।
उनलाई उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको शनिबार अन्तिम संस्कार गर्ने बताइएको छ ।