०७ साउन २०८३, बिहीबार

सोमवारदेखि सप्तकोशीसहित विभिन्न नदीमा बहाब बढ्ने, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

असार २३, २०८०
काठमाडौं
सोमवारदेखि सप्तकोशीसहित विभिन्न नदीमा बहाब बढ्ने, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेपनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नवी तटिय क्षेत्रमा सतर्कता अपनाइराखौ ।

आज (शनिवार)देशभर बाढीको उल्लख्य जोखिम छैन । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखल्ढुङ्गा, सोलुखुम्बु, रुकुम पूर्व, रूकुम पश्चिम, कैलाली, कन्चनपुर आसपास भई बहने केही स-साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

असार २५ गतेदेखि सप्तकोशी र यसका सहायक नदीहरु, कन्काई, कमला, बागमती र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । यसका केही स-सना सहायक नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्