०८ साउन २०८३, शुक्रबार

'बर्थ डे सरप्राइज' दिन गएकी पत्नीले पतिलाई अर्कैसँग भेटेपछि गरिन् आत्महत्या

असार २३, २०८०
काठमाडौं
'बर्थ डे सरप्राइज' दिन गएकी पत्नीले पतिलाई अर्कैसँग भेटेपछि गरिन् आत्महत्या

भारतको राजस्थानमा एक महिलाले रेलमुनि कुदेर आत्महत्या गरेकी छन् । राजस्थानको जोधपुर जिल्लाको मथानिया कस्बा भन्ने ठाउँमा एक महिलाले चल्दै गरेको रेलमुनि कुदर आत्महत्या गरेकी हुने । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिरमा देवी नामकी ती महिलाले आफूसँगै आफ्ना दुई सन्तानको पनि हत्या गरेकी छन् । 

उनले आत्महत्या गर्नुको कारण भने अनौठो छ । घटना जुलाई २ को हो । जुन दिन उनका श्रीमान सुरेशको जन्म दिन थियो । सुरेश ट्याक्सी चालक हुन् । श्रीमती बिरमा देवी गाउँमै बस्दै आएकी थिइन् भने उनका श्रीमान सुरेश शहरमा बसेर ट्याक्सी चलाउँथे ।  

भारतीय सञ्चार माध्यम आजतकका अनुसार जन्म दिनको अघिल्लो दिन फोन गर्दा पनि नउठेपछि उनी बर्थ डे सरप्राइज दिन भन्दै दुई छोरलाई लिएर पतिको डेरामा पुगिन् । 

तर, त्यहाँ पुग्दा उनले सहनै नसक्ने दृष्य देखिन् । पति अर्की कोही महिलासँग जन्म दिन मनाइरहेका थिए । खासमा उनका श्रीमान अर्कै एक महिलासँग लिभिङ टुगेदरमा बसिरहेका रहेछन् । उनी केहीबेर दुवैलाई गाली गरेर रुँदै बाहिरिएकी थिइन् । 

श्रीमानलाई जन्म दिनको शुभकामना दिन गएकी ती महिलाले त्यो सहन गर्नै सकिनन् सायद । 

समाचारमा जनाइएअनुसार उनी त्यहाँबाट निस्केर सिधै रेलमुनि गइन् । चल्दै गरेको रेलमुनि पसेर आफू र आफ्ना दुई छोराको पनि ज्यान लिएको आजतकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्