२५ जेठ २०८३, सोमबार

आलोकनगरमा समाजवादी मोर्चाको पहिलो बैठक

असार २३, २०८०
काठमाडौं
आलोकनगरमा समाजवादी मोर्चाको पहिलो बैठक
फाइल तस्बिर

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शुरू भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अलोकनगरमा शनिवार अपराह्न बैठक शुरू भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी छन् । 

बैठकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्