२४ जेठ २०८३, आइतबार

एनआरएनए मलेसियाको अधिवेशन मिति तय

असार २३, २०८०
काठमाडौं
एनआरएनए मलेसियाको अधिवेशन मिति तय

 गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन मिति तय भएको छ ।   क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले जुलाई २९ र ३० गर्ने अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । 

एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागि ४६९९ ले सदस्यता लिएका छन् ।

यसैबीच बैठकले निर्वाचन समिति गठन गरेको छ । समितिको संयोजकमा आईसीसी सचिव  खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको हो । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा, बिष्णु पौडेल ,पर्शु गौली र भिम बहादुर बुढाथोकी  रहेका छन् ।

उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तान्तरण गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्