११ साउन २०८३, सोमबार

रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी  छैनः रवि लामिछाने

असार २३, २०८०
रूपन्देही
रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी  छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 
उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे । 

रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको बताए । उनले के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको पनि बताए । 

उनले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताउँदै विगतको निर्वाचनमा भएभरका पार्टी एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको बताए । उनले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको र आगामी बैठकमा यसबारे आवाज उठाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्