२७ असार २०८३, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

असार २४, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने तय गरिएको छ ।  

संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।  

बैठकमा तीनवटा विधेयक प्रस्तुत हुने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।  

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन् ।

साथै सो विधेयकमाथिका संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको छ  । 
 

कमेन्ट गर्नुहोस्