२१ जेठ २०८३, बिहीबार

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशत मात्र रोपाइँ

असार २४, २०८०
सुर्खेत
असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशत मात्र रोपाइँ
प्रतिकात्मक तस्वीर

कर्णालीमा असार सकिन लाग्दा करीब ६० प्रतिशत धान रोपाइँ भएको छ । 

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ ।  दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन ।

निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो । 

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार १३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेत मात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्