२२ जेठ २०८३, शुक्रबार

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

असार २४, २०८०
कास्की
मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान
प्रतिकात्मक तस्वीर

कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिरोले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ ।

मादीको वडा नम्बर ६ का ५ र वडा नम्बर २ का १ परिवारमध्ये २ घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिवार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले २ लाख ५ हजार र जिल्ला प्रशासनले १ लाख राहत वितरण गरेको छ ।

असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा ५ परिवारका ६ घर र गोठ पहिरोले क्षति पुर्‍याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट ७० हजार र प्रशासनबाट २५ हजार राहत रकम प्रदान गरिएको छ ।

दीपक बराललाई गाउँपालिकाबाट ५० हजार र प्रशासनबाट २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट ३० हजार र प्रशासनबाट १५ हजार, भुवन सिंहलाई पालिकाबाट २० हजार र प्रशासनबाट १५ हजार राहत रकम प्रदान गरिएको छ । पहिरो पीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट १५ हजार र गाउँपालिकाबाट २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट १५ हजार प्रशासनबाट १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्