
आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसहत सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने छ ।
तर, जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ ।
आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर उदयपुर, सुनसरी, बोखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर गोरखा, कास्की, बाग्लुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, दार्चुला, कैलाली, कन्चनपुर र आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्ने पूर्वानुमान रहेकोले महाशाखाले जनाएको छ ।
यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
असार २४ गते
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 9, 2023
आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेपनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराखौँ। pic.twitter.com/mEipK01wMO