२३ जेठ २०८३, शनिबार
मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि

कोशी प्रदेशमा तीन मन्त्री थपिँदै : भाग नपाएपछि एकीकृत समाजवादी रुष्ट

असार २४, २०८०
विराटनगर
कोशी प्रदेशमा तीन मन्त्री थपिँदै : भाग नपाएपछि एकीकृत समाजवादी रुष्ट

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तारलाई लिए नेकपा (एकीकृत समाजवादी) रुष्ट बनेको छ । मुख्यमन्त्री उद्धव थापाले आज (आइतवार) थप तीन जना मन्त्री नियुक्त गर्दै छन् । 

नयाँ नियुक्त हुने तीन मन्त्रीमा आफ्नो पार्टीका कोही नपरेपछि एकीकृत समाजवादीले असन्तुष्टि जनाएको हो । यसअघि एक जना मन्त्री थप्ने सहमति भए पनि तीन मन्त्री थप हुँदा आफ्नो पार्टीबाट नपरेको एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राइले बताए । एकीकृत समाजवादीबाट एक जना भने मन्त्री नियुक्त भइसकेका छन् । 

मन्त्री नियुक्तिमा असन्तुष्ट राई शपथ ग्रहण समारोहमा समेत सहभागी नहुने भएका छन् । सरकार यसरी नै अघि बढे विश्वासको मतसमेत दिन नसकिने उनले बताए । 

आज नियुक्त हुने तीन मन्त्रीको आजै शपथ हुँदै छ । माओवादीका जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्री मन्त्री नियुक्त हुँदै छन् ।

यसअघि कांग्रेस र नेकपा एसका एक-एक जना मन्त्री नियुक्ति भएका थिए । 

कोशीमा कांग्रेस, माओवादी, नेकपा एस र जसपाको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए । उनलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुखले समेत हस्ताक्षर गरेको भन्दै विपक्षी अदालतसमेत पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्