१० साउन २०८३, आइतबार

पाँच लाख वटा टाटा टियागो गाडी बिक्री, यस्ता छन् विशेषता

असार २४, २०८०
काठमाडौं
पाँच लाख वटा टाटा टियागो गाडी बिक्री, यस्ता छन् विशेषता

भारतको अग्रणी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडी बिक्री गरेको छ । सन् २०१६ मा बिक्री शुरु गरिएको यस गाडीले सात वर्षको अवधिमा यो सफलता हासिल गरेको हो ।

उल्लेखित कुल पाँच लाखमध्येका एक लाख गाडीहरू केवल १५ महिनामा बिक्री भएको थियो । टियागोले ‘नेट प्रोमोटर स्कोरमा’ पनि ५१ अंक हासिल गरेको छ । जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो । यस्तै टाटा टियागोले विगत केही वर्षहरूमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरू प्राप्त गरेको छ ।

null

यी उपलब्धिहरूले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवं सुरक्षाको दृष्टिकोणले अब्बल भएको कम्पनीको दाबी छ । सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो ।

नेपाली बजारमा पनि टाटा टियागोको बजार तीव्र ढंगले वृद्धि भएको पाइएको छ । 

नेपालमा हाल उपलब्ध ह्याच ब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको छ । विशेषतः भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवावर्गको (औसत उमेर ३५ वर्ष) पहिलो रोजाइमा परेको छ ।

null

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङकाअनुसार यो वर्गमा महिला ग्राहकहरूको संख्या पनि उल्लेख्य छ ।

टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता र अतुलनीय आरामको सुनिश्चितता गरेको छ । त्यसैले नेपाली ग्राहकहरूले मन मष्तिष्कमा यसको अमेट्य छाप बसेको कम्पनीको दाबी छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्