२७ जेठ २०८३, बुधबार
काम नसकिँदै किर्ते बिल बनाएर रकम निकासा

चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार २४, २०८०
काठमाडौं
चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजन भएको रकममार्फत् गाउँपालिकाको वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माणमा अनियमितता भएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

सहायक प्रवक्ता थपलियाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन भएको रकम उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी बिल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिएर हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृत शाहीले काम नै नभएको आयोजनाको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरी, फिल्डमा नभए नगरेको काम समेतको ६ लाख ४८ हजार ७८६ भुक्तानी दिएको पुष्टि भएको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) अनुसार शाहीलाई सोही बराबरको बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो ।

यस्तै, अख्तियाले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक (सवइन्जिनियर) गोभधन बोहोरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा (धिताल)विरुद्ध पनि सोही बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्