
जोर्डन जाने भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १५ जना नेपालीलाई अध्यागमन कार्यालयले फिर्ता पठाएको छ ।
भिसाविनै जोर्डन जान भन्दै आइतवार दिउँसो विमानस्थल पुगेका उनीहरूलाई फिर्ता पठाइएको कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
उनका अनुसार ती कामदारलाई जोर्डन पुगेपछि अनअराइभल भिसा दिने भन्ने कागजातसमेत नदेखिएपछि फिर्ता पठाइएको हो ।