३१ जेठ २०८३, आइतबार

चोरीकै मोटरसाइकल प्रयोग गरेर शृंखलाबद्ध लुटपाट, ५ जना पक्राउ

असार २४, २०८०
काठमाडौं
चोरीकै मोटरसाइकल प्रयोग गरेर शृंखलाबद्ध लुटपाट, ५ जना पक्राउ

शृंखलाबद्ध लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा रामेछापको लिखु गाउँपालिका–१ का ३२ वर्षीय रविन दमाई, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका महानगरीय अपराध महाशाखाका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए ।

उनीहरूको समूहले १ असारदेखि २० गतेसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटपाट गरेका महाशाखाको दाबी छ ।

प्रहरीका अनुसार पहिलो घटना असार १ गते बिहान कपुरधारामा मर्निङ वाकमा गएकी एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो ।

त्यही दिन कपुरधाराकै शैलीमा टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भएको थियो ।

त्यसपछि असार ३ गते बिहान नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया महिलाले घाँटीमा लगाएको सिक्री लुटिएको थियो । चौथो घटना भने असार १३ गते टोखामै भएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख मनोज केसीका अनुसार सबै घटनामा रविनले सिक्री लुटपाट गर्ने गरेका थिए । उनले लगाएको हुडी लगायतका सबै सामग्री बरामद भएको छ । लुटपाटमा प्रयोग भएको मोटरसाइकल समेत चोरीकै भएको महाशाखाका प्रमुख केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्