२० असार २०८३, शनिबार

भन्सार छलेर चोरीपैठारी गरी ल्याएको सामान बरामद

असार २५, २०८०
पर्सा
भन्सार छलेर चोरीपैठारी गरी ल्याएको सामान बरामद

पर्सा जिल्लामा प्रहरीले भन्सार छली चोरीपैठारी गरी ल्याएका सामान बरामद गरेको छ ।

बरामद सामानलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले लेडिज कुर्ता सुरवाल ५० पिस बरामद गरेको छ । जसको अन्दाजी मूल्य ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रहरी टोलीले बच्चाको कुर्ता सुरवाल ५६ पिस, लेडिज कुर्ता सुरवाल ४१ पिस, साडी ५२ पिस र कस्मेटिक सामानहरू १६० पिस गरी थप ४ लाख मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्