०६ असार २०८३, शनिबार

पश्चिम बंगालमा मतपेटिका लुटपाट भएपछि आज पुनः मतदान हुँदै

असार २५, २०८०
काठमाडौं
पश्चिम बंगालमा मतपेटिका लुटपाट भएपछि आज पुनः मतदान हुँदै

भारतको पश्चिम बंगालमा पञ्चायत चुनावमा हिंसा हुँदा प्रभावित भएका केही स्थानमा आज सोमवार पुनः मतदान हुँदैछ ।

चुनाव आयोगले मतपेटिका लुटपाट भएका र मतदान केन्द्रमा हिंसा भड्किएका केही स्थानमा पुनः मतदानको निर्णय गरेको छ ।

गत शनिवार ७४ हजार पञ्चायतका लागि चुनाव भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सोमवार १९ जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुनेछ ।

असुरक्षालाई मध्यनजर गर्दै सरकारले प्रदेश प्रहरीसँगै ४ केन्द्रीय सुरक्षा बलका जवानलाई तैनाथ गरेको छ । निर्वाचन केन्द्रीय सुरक्षा निगरानीमा हुुनेछ ।

शनिवारको निर्वाचनमा हिंसा भड्किएपछि भारतीय जनता पार्टी (भाजपा) ले पुनः मतदानको माग गरेको थियो । निर्वाचनका क्रममा ३७ जनाको मृत्यु भएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्