२५ असार २०८३, बिहीबार

आरोहीको शव हिमालमै छाडेर आउन नपाइने

असार २५, २०८०
काठमाडौं
आरोहीको शव हिमालमै छाडेर आउन नपाइने

हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल  पर्यटन  विभागले  हिमाल  आरोहणका  क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो । 
पर्यटन  विभागका  आरोहण  शाखाका  निर्देशक  राकेश गुरुङले आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई  बेपत्ता  भएको  भनी  छोडेर  आउने  प्रवृत्ति  बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्