०४ साउन २०८३, सोमबार

घरको यस ठाउँमा नराख्नुस् ऐना, राख्दा हुन्छ हानि

कात्तिक २०, २०७४
घरको यस ठाउँमा नराख्नुस् ऐना, राख्दा हुन्छ हानि

काठमाडौं, २७ भदौ — सबैजनाको घरमा ऐना हुन्छ नै । तपाईं दिनदिनै ऐनाअगाडि उभिएर शृंगार गर्नुहुन्छ होला । तर वास्तुअनुसार सही स्थानमा ऐना नराख्दा समस्या आउँछ है ।


त्यसो त मिलाएर ऐना राख्दा वास्तुदोष निवारण हुन्छ । त्यसैले ऐनाका सम्बन्धमा वास्तुसम्बन्धी गल्ती नगर्नुहोला ।
ऐना किन्दा विचार पु–याउनुपर्छ । आफ्नो अनुहार प्रस्ट र वास्तविक देखिने सफा ऐना किन्नुस् । धमिलो र विकृत अनुहार देखिने ऐनाले खराब प्रभाव पार्छ र रोग बढाउँछ ।

ऐनालाई घरको उत्तर र पूर्वतर्फको भित्तामा राख्नुपर्छ । वास्तुविज्ञानअनुसार यी दुई दिशामा राखिएको ऐनाले व्यापार व्यवसायमा घाटा र आर्थिक हानिलाई हटाएर धनवृद्धि गराउँछ ।

ऐना जति हलुका र ठूलो हुन्छ, वास्तुविज्ञानअनुसार त्यत्तिनै लाभदायक हुन्छ । घरमा सुखसमृद्धि बढाउनका लागि ढोकाअघि सानो गोलो ऐना राखेको राम्रो हुन्छ ।

शयनकक्षको ढोकाअघि ऐना लगाउँदा लाभप्रद हुन्छ । तर प्रवेशद्वारको अगाडि ऐना नलगाउनुस्, अन्यथा हानि हुन्छ । वास्तुविज्ञानअनुसार त्यहाँ ऐना लगाउँदा सकारात्मक ऊर्जा ऐनामा ठोकिएर फर्किन्छ ।

शयनकक्षभित्र चाहिँ ऐना नराखेको राम्रो हुन्छ । यहाँ ऐना राख्दा पतिपत्नीको सम्बन्धमा विश्वासको कमी हुन्छ र मतभेद बढ्छ ।

भारतीय वेबसाइटबाट

salt training

कमेन्ट गर्नुहोस्