३१ जेठ २०८३, आइतबार

मृग ठानेर बन्दुक पड्काउँदा साथीको मृत्यु

असार २५, २०८०
भोजपुर
मृग ठानेर बन्दुक पड्काउँदा साथीको मृत्यु
प्रतिकात्मक तस्वीर

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ ।

बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको उनको भनाइ छ ।

मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतवार राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौं । थप अनुसन्धान जारी छ ।’

मृतकका आफन्तले असार २४ गते खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्