२३ असार २०८३, मंगलबार

बस्दै नबसी सर्‍यो राष्ट्रिय सभा बैठक

असार २५, २०८०
काठमाडौं
बस्दै नबसी सर्‍यो राष्ट्रिय सभा बैठक
फाइल तस्बिर

आज (सोमवार) लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । 

आज बिहान ११  बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलि (मंगलवार)का लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् । 

यसअघि आइतवारको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारदेखि संसद् अवरुद्ध गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्