०३ साउन २०८३, आइतबार

जग्गाको विषयमा विवाद : नवलपरासीमा देवरले गरे आफ्नै भाउजूको हत्या

असार २५, २०८०
बुटवल
जग्गाको विषयमा विवाद : नवलपरासीमा देवरले गरे आफ्नै भाउजूको हत्या

जग्गाको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीमा एक युवाले आफ्नै भाउजूको हत्या गरेका छन् । जिल्लाको रामग्राम नगरपालिका-१० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले २५ वर्षीया भाउजू मीरा चौधरीको हत्या गरेका हुन् । 

आइतवार साँझ जग्गाको विषयमा विवाद हुँदा चन्दनले भाउजू मीराको टाउकोमा मोटरसाइकलको सकरले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार चन्दनले प्रहार गरेको सकरले चोट लागेर गम्भीर घाइते भएकी मिरालाई पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चन्दनलाई आइतवार रातिनै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्