२३ असार २०८३, मंगलबार

संसद् सुचारु गर्न छलफलमा जुट्दै तीन शीर्ष नेता

असार २५, २०८०
काठमाडौं
संसद् सुचारु गर्न छलफलमा जुट्दै तीन शीर्ष नेता

संघीय संसद्मा जारी अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूले आज पनि छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा तीन दलका नेताको छलफल हुन लागेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो साढे १ बजे प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न लगेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासँग केहीबेरमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । 

आइतवार बिहान भएको छलफलमा प्रधानमन्त्रीले सम्बोधन गरेर संसद् चल्न दिने समझदारी एमालेले गरेको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्ति फिर्ता गर्नुपर्ने एमालेको अडानका कारण अन्तिम सहमति जुट्न सकेको थिएन । 

सहमतिको प्रयास भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले बैठक स्थगित गर्न आग्रह गरेपछि प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचनामार्फत सोमवार दिउँसो ३ बजेका लागि सारिएको थियो । 

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले असार २० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्