
दाङमा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा सोमबार बिहान हिँड्दै गर्दा ६५ वर्षीयामा पुरुष बलिराम खत्रीको मृत्यु भएको हो ।
काठेकुलो बाटोमा हिँड्दै गरेको अवस्थामा एक्कासि पहिरो आएर पुरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
पहिरोमा परी उनको घटना स्थलमै मृत्यु भएको थियो । शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।