१० साउन २०८३, आइतबार
शीर्ष बैठक

सिंहदरबारबाट सँगै बाहिरिए देउवा र ओली, एकअर्कालाई देखाएर पत्रकारसँग तर्किए

असार २५, २०८०
काठमाडौं
सिंहदरबारबाट सँगै बाहिरिए देउवा र ओली, एकअर्कालाई देखाएर पत्रकारसँग तर्किए

संसदमा जारी गतिरोध हटाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सोमवार पनि छलफल भएको छ । 

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमवार सिंहदरबारमा छलफल भएको हो । 

प्रचण्डसँगको छलफलपछि देउवा र ओली सँगै बाहिरिएका छन् ।

बाहिरिने क्रममा दुवैले प्रतिक्रिया दिन मानेनन् । ‘सभापति हुँदाहुँदै अरूले बोल्न मिल्छ ?’ ओलीले पत्रकारलाई यति प्रतिक्रिया दिए ।

देउवा पनि ओलीलाई देखाएर तर्किए । 

आइतवार बिहान भएको छलफलमा प्रधानमन्त्रीले सम्बोधन गरेर संसद् चल्न दिने प्रतिबद्धता जनाए पनि केही समयपछि एमाले पूर्व सहमतिबाट पछि हटेको माओवादीको आरोप छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्