११ साउन २०८३, सोमबार

प्रचण्डलाई योगेशको जवाफ- पारिवारिक पीडामा साथ छ, तर केही कठोर प्रश्न बाँकी छन्

असार २५, २०८०
काठमाडौं
प्रचण्डलाई योगेशको जवाफ- पारिवारिक पीडामा साथ छ, तर केही कठोर प्रश्न बाँकी छन्

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का अभिव्यक्ति र व्यवहारप्रति कठोर प्रश्न रहेको बताएका छन् ।

प्रधानमन्त्रीले संसद्मा प्रस्टीकरण दिएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया सार्वजनिक गर्दै भट्टराईले पारिवारिक पीडामा साथ दिन तयार भए पनि राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको बताएका हुन् ।

'छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडा संवेदनशील छन् । वहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ । तर, प्रधानमन्त्रीका रूपमा वहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुटचाहिँ छैन है । हेक्का रहोस् । हामीले वहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौं । हामी अरू केहीजस्तो निर्दयी होइनौं र छैनौं । तर देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन्,' उनले लेखेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिपक्षी दलले संसद् अवरुद्ध पारेका थिए ।

प्रधानमन्त्रीको प्रस्टीकरणपछि सोमवारबाट बैठक सुचारु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्