०२ असार २०८३, मंगलबार

गृहमन्त्री श्रेष्ठले तोडाए वीरेन्द्र जैसीको अनसन, रोजगारी दिने आश्वासन

असार २५, २०८०
काठमाडौं
गृहमन्त्री श्रेष्ठले तोडाए वीरेन्द्र जैसीको अनसन, रोजगारी दिने आश्वासन

२०७३ फागुन १ गते कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि ३ हप्तादेखि अनसनरत वीरेन्द्र जैसीको अनसन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तोडाएका छन् ।

वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो तर उपचारमा कुनै सहयोग भएको थिएन ।

माइतीघरमा अनसन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए । सोमवारबाट प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ ।

अनसन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च व्यहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्