०६ साउन २०८३, बुधबार

ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्तिको नाम जोडियो : प्रहरी

असार २५, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्तिको नाम जोडियो : प्रहरी

नेपाल प्रहरीले ललिता निवास प्रकरणमा कतिपय अतिरञ्जित र भ्रामक समाचार तथा विज्ञप्‍तिहरुमा प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले सोमबार विज्ञप्ति जारी गर्दै कसूरको तथ्यगत विषयहरूलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नाम समेत जोडेर अतिरञ्जित र भ्रामक रूपमा केही समाचार तथा विज्ञप्‍तीहरुमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

  ब्युराले असार १२ गतेदेखि ललिता निवासको १४३ रोपनी जग्गा सङ्गठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण समेत गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरू उपर अनुसन्धान भइरहेको पनि जनाएको छ । त्यसका लागि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको ब्युरोको भनाइ छ । 

 यो प्रकरणको अनुसन्धानको क्रममा विभिन्न निकायबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिने कार्यमा थप प्रेरणा मिलेको ब्युरोले जनाएको छ ।   

ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा सङ्गठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट गरिएको छ । 

ब्युरोले कसूरमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा पदाधिकारीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षा पनि गरेको छ । यस्तै तथ्यपरक, निष्पक्ष र व्यावसायिक रूपमा यो प्रकरणको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा पूर्ण प्रतिबद्ध रहेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्