०४ साउन २०८३, सोमबार

ललितपुरमा ब्याडमिन्टन एकेडेमीको उद्घाटन

असार २६, २०८०
ललितपुर
ललितपुरमा ब्याडमिन्टन एकेडेमीको उद्घाटन

ललितपुरमा ब्याडमिन्टन२१ प्रोफेसनल एकेडेमीको उद्घाटन गरिएको छ ।  ललितपुरस्थित बुल्स क्लबमा आइतबार एकेडेमीको उद्घाटन गरिएको हो । 

एकेडेमीको  ब्याडमिन्टनका लिजेन्ड कुमार मोहन बहादुर शाहीले उद्घाटन गरे । सो अवसरमा बोल्दै शाहीले एकेडेमी सञ्चालन खर्चिलो भए पनि ब्याडमिन्टन२१ ले सफलतापूर्वक खेलाडी उत्पादन गर्नेमा विश्वास व्यक्त गरे ।

यसैगरी नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय च्याम्पियन नरेश बहादुर सिंहले पछिल्लो समय ब्याडमिन्टन खेलाडी उत्पादन भन्दा मनोरञ्जनको रूपमा लोकप्रिय हुँदै गएको बताए । उनले एकेडेमीको स्थापनाले महत्त्वपूर्ण फड्को मार्ने विश्वास समेत व्यक्त गरे ।

एकेडेमीका संस्थापक विकास शुक्लले नेपालमा छोटो समयमा नै राम्रो खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । 

यसैगरी एकेडेमीका निर्देशक तथा अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालले नेपालमा पुरानो खेलाडी र इतिहासको मर्मलाई बेवास्ता गरिएको बताए ।
कार्यक्रममा एकेडेमीका संस्थापक अक्षय पर्मार, पूर्व राष्ट्रिय च्याम्पियन प्रदीप विक्रम शाह, प्रताप अधिकारीसहित १०० स्पोर्ट्सका निर्देशक विकास खेतान लगायतको उपस्थिति रहेको जनाइएको छ । 

null

कमेन्ट गर्नुहोस्