२४ जेठ २०८३, आइतबार

बजारमा आईफोन ८, यस्ता छन् विशेषता

कात्तिक २०, २०७४
 बजारमा आईफोन ८, यस्ता छन् विशेषता

काठमाडौं, २८ भदौ — लामो प्रतीक्षापछि आईफोन ८ मंगलवार बजारमा आएको छ  । यसका विशेष फीचरहरू यस्ता छन् :


अग्मेन्टेड रियालिटी

एप्पलले आईओएस ११ मा अग्मेन्टेड रियालिटी ल्याउने घोषणा गरेकोमा आईफोन ८ मा त्यो राखिएको छ । वास्तविक र मायावी संसारलाई यसले सँगै ल्याउँछ । अब तपाईं वास्तविक टेबलमा भर्जुअल कफी कप राख्न सक्नुहुन्छ ।

ड्युअल ब्याक क्यामरा
त्यसो त आईफोन ७ मा नै यो फीचर उपलब्ध थियो तर अहिले यसमा थप सुधार आएको अनुमान गर्न सकिन्छ ।

होमपड
एप्पलले अमेजोनको इको र गूगल होमलाई टक्कर दिनका लागि होमपड ल्याएको छ । आईफोन ८ ले यस स्पीकरलाई सपोर्ट गर्छ ।

वायरलेस चार्जिङ
आईफोन ८ को सबभन्दा आकर्षक फीचर यसमा भएको वायरलेस चार्जिङ नै हो । कम्पनीका सीईओ रोबर्ट ह्वाङले पनि यसको पुष्टि गरिसकेका छन् ।

वाटर रेजिस्टेन्ट
यो फोन पानीमा पनि सुरक्षित रहन्छ । वाटरप्रुफ छ यो । यसको पछासडपट्टिको भागमा पनि शीशाको प्यानल हुनसक्छ ।

एनएफसी
यसले उत्पादनको विज्ञापनहरूमा भेटिने एनएफसी ट्यागलाई सपोर्ट गर्छ ।

सीरी
आईफोन ८ को सीरी फीचरले धेरै भाषाहरूलाई छिट्टै अनुवाद गरेर कमान्ड बुझ्छ र त्यसमा प्रोसेसिङ गर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्