०८ साउन २०८३, शुक्रबार

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

असार २६, २०८०
काठमाडौं
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
फाइल फोटो

लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार लुक्लानजिकै सुर्कीबाट १०:०५ मा उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

उडेको करीब ५ मिनेट (१०:१०)सम्म सम्पर्कमै रहेको हेलिकप्टर त्यसपछि सम्पर्कविहीन रहेको उनको भनाइ छ । 

'कतै अवतरण गरेको पनि हुनसक्छ, तर १०:१० बजेयता सम्पर्क स्थापित हुन सकेको छैन,' तिवारीले लोकान्तरसँग भने ।

हेलिकप्टरमा चालकसहित ६ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्