०२ साउन २०८३, शनिबार

सडक व्यापारीलाई लछारपछार गर्ने ७ नगर प्रहरी जागिरबाट हटाइए, ५ जना निलम्बनमा

असार २६, २०८०
काठमाडौं
सडक व्यापारीलाई लछारपछार गर्ने ७ नगर प्रहरी जागिरबाट हटाइए, ५ जना निलम्बनमा

काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । 

‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारवाही गरिसकेका छौँ । अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरबाट आएका गुनासो अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेका छौँ’ पाण्डेले भने । 

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्