०२ असार २०८३, मंगलबार

फरर अंग्रेजी बोल्ने युवकलाई रामधुलाई !

कात्तिक २०, २०७४
फरर अंग्रेजी बोल्ने युवकलाई रामधुलाई !

काठमाडौं, २७ भदौ — भारतको राजधानीमा एउटा फाइभ स्टार होटेलमा साथीहरूसँग फरर अंग्रेजी बोल्ने एक २२ वर्षीय युवकलाई पाँचजनाले रामधुलाई गरेका छन् ।


शनिवार भएको यो घटनापछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नोएडामा बस्ने वरुण गुलाटी आफ्नो साथी दक्षको कारमा कनट प्लेसको होटेलमा आएका थिए ।

साथीसँग छुट्टिएपछि वरुणलाई नशामा झुमिरहेका पाँच व्यक्तिहरूले घेरेर अंग्रेजीमा किन कुरा गरेको भनी सोधे । दुवैतर्फ बाझाबाझ भयो र उनीहरूले वरुणमाथि आक्रमण गरे ।

आक्रमण गरेपछि आरोपितहरू एउटा गाडीमा चढेर भागे तर वरुणले गाडी नम्बर नोट गर्न भ्याए । नम्बर प्लेटका आधारमा प्रहरीले तीन आरोपीलाई चिनेर पक्राउ गरे । अन्य आरोपितहरूको खोजी जारी छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्