×

NMB BANK
NIC ASIA

मनाङ एयरको हेलिकप्टर दुर्घटना

हिमाल हेर्नकै लागि २ दिनअघि आएका मेक्सिकन नागरिक, आजैलाई थियो स्वदेश फर्किने टिकट

पाँचैजना एकै परिवारका

काठमाडाैं | असार २६, २०८०

NTC
Premier Steels

मनाङ एयरको हेलिकप्टर मंगलवार सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरानजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन पर्यटक छन् । मेक्सिकन नागरिक पाँचै जना एकै  परिवारका सदस्य हुन् ।

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमातहत रहेको उद्धार समन्वय समितिका अनुसार क्याप्टेन गुरुङका अलावा हेलिकप्टरमा सवार मेक्सिकन नागरिकहरू सिफुएन्तेस जी फर्नान्डो, सिफुएन्तेस जी मारिया होसे, रिन्कोन स्माइल, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिक सबैको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनामा ज्यान गुमाएका पर्यटकहरू हिमाल हेर्नकै लागि भनेर नेपाल आएको पाइएको छ । दुई दिनअघि मात्र काठमाडौं आएका उनीहरू आजै स्वदेश फर्किने कार्यक्रम थियो ।


Advertisment
Nabil box
Kumari

आकाशबाटै सर्वोच्च शिखर सगरमाथासहित हिमालहरूको दृश्यावलोकन गर्ने र स्वदेश फर्किने उनीहरूको सपना पूरा हुन पाएन । 

Vianet communication

मौसम बिग्रिएर हिमाल हेर्न नपाएपछि लुक्लाबाट काठमाडौं फर्किंदै गरेका उनीहरू आजै साँझ स्वदेश फर्किने तयारीमा थिए ।

२४ गते भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरूले १५ दिनका लागि भिसा लिएका थिए । तर, बसाई भने ३ दिनका लागि मात्र तय भएको पाइएको छ ।

नेपाल आएर १५ दिनको ‘अन अराइभल’ भिसा लगाएको अध्यागमन विभागको रेकर्डले देखाएको छ ।

एभरेस्ट एक्सपिरियन्स नामक ट्रेकिङ कम्पनीमार्फत नेपाल आएका ती पाँचैजना पर्यटक एक रात नयाँबजारको हिमालयन स्वीट होटलमा बसेका थिए ।

एक रात लुक्ला बस्ने र हिमाल हेरेर आजै (२६ गते) फर्कने कार्यतालिका भएको नेपालमा ती पर्यटक भित्र्याउने एभरेस्ट एक्सपिरियन्सले जानकारी दिएको छ ।

उनीहरू हिमाल हेर्ने मुख्य उद्देश्य लिएर नेपाल आएको र आजै फर्किने कार्यक्रम रहेको एभरेस्ट एक्सपियिन्सका सञ्चालक मुक्ति पाण्डेले जानकारी दिए । 

एक रात काठमाडौं र एक रात लुक्ला बस्ने गरी ‘टाइट शेड्युल’मा आएका ती पर्यटकले हिमाल हेर्न पाएनन्, न त स्वदेश फर्किन नै पाए ।

लुक्लाको यती माउन्टेन होममा बास बसेर उनीहरू हिमाल हेर्न भनी मनाङ एयरको हेलिकप्टरमा उडेका थिए । एक्कासि मौसम बिग्रिएका कारण उनीहरू हिमाल नहेरी काठमाडौं फर्कँदै थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x