२३ जेठ २०८३, शनिबार

सप्तरी– पर्सा हुलाकी राजमार्गको काम चाँडै शुरु हुने

कात्तिक २०, २०७४
सप्तरी– पर्सा हुलाकी राजमार्गको काम चाँडै शुरु हुने

 


राजविराज, २७ भदौ । नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै शुरु हुने बताउनुभएको छ । 

मिडिया सेन्टर सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताउनुभयो । 

नेता लेखकले तराई– मधेस, पहाड तथा हिमालमा बसोबास गर्ने जनताको अधिकार दिलाउने दायित्व काँग्रेसकै काँधमा आएको स्पष्ट गर्नुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्