१७ असार २०८३, बुधबार

उपप्रधानमन्त्री श्रेष्ठलाई उपभोक्ता जागरण अभियानको ज्ञापनपत्र

असार २८, २०८०
काठमाडौं
उपप्रधानमन्त्री श्रेष्ठलाई उपभोक्ता जागरण अभियानको ज्ञापनपत्र

उपभोक्ता जागरण अभियान नेपालले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।
बिहीबार अभियानको टोलीले गृहमन्त्रीलाई हस्तान्तरण गरेको  ज्ञापनपत्रमा  उपभोक्ताको सार्वभौम अधिकारको संरक्षणका लागि  नीतिगत सुधार गरेर बजार नियन्त्रण गर्न जोड दिइएको छ । 

यस्तै तरकारी र फलफूलको आयातमा विषादीको अवशेष परीक्षणमा सरकार कठोर हुनुपर्ने, उपभोक्ता शिक्षालाई प्राथमिकतामा राखिनुपर्ने माग गरिएको छ । 
यस्तै  उपभोक्ता र जिम्मेवार बिक्रेता अभियान ७५३ पालिकाका ६७४३ वडामा संचालन गर्नुपर्ने, उपभोक्ताको गुनासो सम्बोधन गर्न ७५३ पालिकामा संक्षिप्त कार्यविधि सहितको न्यायीक निकाय स्थापना गरिनुपर्ने माग गरिएको छ । 

यस्तै स्वच्छ बजारको आधार सुशासन भएकाले बिचौलियालाई निरुत्साहित गर्ने नीति अख्तियार गरिनुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ । 
यसैगरी निजी विद्यालायको फाराम शुल्क , भर्ना  शुल्क ,ट्युसन  फी र अन्य शुल्क मिटर ब्याजीको भन्दा महँगो भएकाले नियमन गर्न समेत जोड दिइएको छ । 

यस्तै विधिसम्मत वस्तुगत नियमन गरेर बजारलाई स्वच्छ तुल्याउन  केन्द्रीय , प्रदेश र स्थानीय बजार अनुगमन समितिको कार्यक्षेत्र किटान गरिनुपर्ने,  मुख्यसचिवको संयोजकत्वमा गठित केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिलाई सक्रिय तुल्याउनु्पर्ने लगायतका माग पनि ज्ञापनमार्फत गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्