०६ साउन २०८३, बुधबार

एमालेको कार्यालय बैठक आज बस्दै, सचिवालय बैठकका एजेन्डा तय गरिने

असार २९, २०८०
काठमाडौं
एमालेको कार्यालय बैठक आज बस्दै, सचिवालय बैठकका एजेन्डा तय गरिने

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज शुक्रवार बस्दैछ । 

असार ३० गते डाकिएको सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक शुक्रवार दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग बिहीवार छलफल गरेका छन् । बैठकमा अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेका थिए । 
 
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्