
कानून व्यवसायमा रहेकी एक महिलाले आफ्ना लागि पति खोज्नमा सघाउने व्यक्तिलाई साढे ६ लाख पुरस्कार दिने घोषणा गरेकी छन् ।
न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको लस एन्जल्स निवासी ३५ वर्षीया इव टिले विवाहका लागि पतिको खोजीमा छिन् । कोरोना महामारीपछि डेटिङ जान गाह्रो भएकाले विवाह गर्न खोजेको उनले बताएकी छन् ।
आफूले विवाह गर्ने पुरुषका सन्दर्भमा उनले केही शर्त पनि राखेकी छन् । उनले पुरुषको उमेर २७–४० वर्ष हुनुपर्ने, उचाइ ५ फिट ११ इन्च हुनुपर्ने, मजाक गर्ने स्वभावको हुनुपर्ने, खेल, जनावर र बच्चालाई माया गर्ने हुनुपर्ने शर्त राखिएका छन् ।
पुरुषको लम्बाइका बारेमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारेकी छन्, किनकि उनी आफैं ५ फिट १० इन्च छिन् ।