२० असार २०८३, शनिबार

दासढुंगामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते

असार २९, २०८०
चितवन
दासढुंगामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते
प्रतिकात्मक तस्वीर

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।

सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुंगामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस बिहीवार बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज र ८ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्