
असार महिनामा १० वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा गएका छन् । पाँच वटाको अस्तित्व सकिने भएको छ ।
गत आइतबार अर्थात् असार २४ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
यता असार १ गते शुक्रबारदेखि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।
मर्जरका लागि सम्पूर्ण प्रव्रिmया पूरा गरेका लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार शुरु गर्दै छन् भने नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि शनिबारदेखि एकीकृत कारोबार सुरु गर्दै छन् ।
यस्तै विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर आगामी आइतबारदेखि एकीकृत कारोबार हुनेभएको खबर गोरखापत्रमा छापिएको छ ।