२० असार २०८३, शनिबार

सङ्गठन सुदृढीकरणको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

असार २९, २०८०
काठमाडौं
सङ्गठन सुदृढीकरणको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
फाइल फोटो

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ ।​

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । आजको बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ ।

यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए । 

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गलीलगायतले एकीकृत समाजवादी पार्टी केही समयअघि मात्र छाडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्