२८ असार २०८३, आइतबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

असार २९, २०८०
काठमाडौं
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियासम्बन्धी मामला हेर्ने लू शुक्रवार काठमाडौं आइपुगेका हुन् । दक्षिण एसियाली मुलुकको भ्रमणमा रहेका उनी काठमाडौं आइपुगेका हुन् ।

सहायक विदेशमन्त्री लुले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । त्यसअघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।

यसअघि उनी एसपीपीको विवाद चलिरहेको बेला नेपाल आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्