०१ असार २०८३, सोमबार

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

असार २९, २०८०
विराटनगर
अवैध सुनसहित भारतीय नागरिक पक्राउ
फाइल फोटो

५१ ग्राम ७३ मिलिग्राम अवैध सुनसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहिती रहेका छन् । उनलाई मोरङको विराटनगर महानगरपालिका १३ बाट बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सीआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई सुनसहित पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई बरामद भएको सुनसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्